वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

हिमाल प्रेस ८ कार्तिक २०८३ ९:१५ | Sunday, October 25, 2026
2
SHARE
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।

३१ वर्षीय एलेन दायाँहाते ब्याटर र बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्।

एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा उनले २०० रन बनाउनुका साथै सात विकेट लिएका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा २९८ रन र २४ विकेट छ।

सबैखाले टी–२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै १ हजार ६३४ रन बनाएका छन् भने १०९ विकेट लिएका छन्। टी–२० मा उनको ब्याटिङ स्ट्राइक रेट १३९.८९ छ। उनले यस प्रारूपमा १०६ छक्का प्रहार गरेका छन्।

एलेनले सन् २०१६ मा जमैकाबाट प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका थिए। त्यसपछि सीमित ओभरको क्रिकेटमा आफ्नो पहिचान बनाएका उनले सन् २०१८ मा भारत भ्रमणका क्रममा वेस्ट इन्डिजको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।

प्रकाशित: ८ कार्तिक २०८३ ९:१५ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast