आगामी सिजनको आईपीएलमा देखिएलान् धोनी?

हिमाल प्रेस ८ कार्तिक २०८३ १०:२१ | Sunday, October 25, 2026
10
SHARES
आगामी सिजनको आईपीएलमा देखिएलान् धोनी?

काठमाडौँ- भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजन खेल्ने वा नखेल्नेबारे डिसेम्बर (मंसिर) अघि निर्णय लिने बताएका छन्। उनले आफ्नो फिटनेसको अवस्था चिकित्सकको परीक्षणपछि मात्रै स्पष्ट हुने बताएका हुन्।

शनिबार बेंगलुरुमा आयोजित एक स्वास्थ्यसम्बन्धी कार्यक्रममा धोनीलाई आईपीएलमा आफ्नो भविष्यबारे प्रश्न गरिएको थियो। जवाफमा उनले अर्को सिजन खेल्न सक्ने नसक्ने कुरा चिकित्सकको परीक्षणबाट थाहा हुने बताए।

दैनिक भास्करका अनुसार ४५ वर्षीय धोनी पिँडुलाको समस्याका कारण गत सिजनको आईपीएलका सबै खेलमा सहभागी हुन सकेका थिएनन्। उनको अनुपस्थितिमा चेन्नई सुपर किंग्सले आईपीएल २०२६ को प्लेअफमा स्थान बनाउन सकेन।

धोनीले आफ्नो क्षमताको मूल्यांकन चिकित्सकहरूले गर्नुपर्ने बताएका छन्। धोनीले आफू फिट नभए चिकित्सकहरूले आवश्यक उपचार र हेरचाह सुनिश्चित गर्नुपर्ने पनि बताए।

उनले आफूलाई पुरानो गाडीसँग तुलना गर्दै त्यसलाई सडकमा राम्रोसँग चलाइराख्ने जिम्मेवारी चिकित्सकहरूको भएको बताएका थिए। धोनी आईपीएल इतिहासका सफल कप्तानमध्ये एक हुन्।

उनको कप्तानीमा चेन्नई सुपर किंग्सले पाँच पटक आईपीएलको उपाधि जितेको छ। चेन्नईले पछिल्लोपटक पनि धोनीकै कप्तानीमा उपाधि जितेको थियो।

प्रकाशित: ८ कार्तिक २०८३ १०:२१ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast