आईपीएल : गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जित

हिमाल प्रेस ३ जेठ २०८३ ७:०० | Sunday, May 17, 2026
4
SHARES
आईपीएल : गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरातमाथि कोलकाताले २९ रनको रोमाञ्चक जित दर्ता गरेको छ । सुरुमा ब्याटिङ गरेको कोलकाताले दिएको २४८ रनको विशाल लक्ष्य बनाएको थियो ।उसका लागि कप्तान शुभमन गिलले ८५ रन बनाउँदा जोस बटलरले ५७ रन ओपनर साई सुदर्शनले नटआउट ५३ रन बनाएर विशाल लक्ष्य प्रस्तुत गरेका हुन्। २४८ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्स निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१८ रनमा सीमित भएको हो ।

गुजरातका ब्याटरले क्रिजमा टिकेर रन जोडे पनि कोलकाताको बलिङ आक्रमण र विशाल रनरेटको दबाबका कारण टोली लक्ष्यभन्दा २९ रनले पछि परेको हो । उसका लागि फिन एलन, अङ्कृष्ण रघुवंशी र क्यामरुन ग्रीनले अर्धशतक प्रहार गरेका थिए । ओपनर फिनले ९३ रन बनाउँदा रघुवंशीले ८२ र ग्रीनले नटआउट ५२ रन जोडेका हुन् । तर उक्त रन जितका लागि पर्याप्त भएन ।

कोलकाताका स्पिनर सुनिल नारायणले किफायती बलिङ गर्दै गुजरातको रनको गतिमा ब्रेक लगाए। उनले आफ्नो स्पेलमा मात्र २९ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका सुनिल प्लेयर अफ द म्याच बने । तालिकाको सातौं स्थानमा रहेको कोलकाताले यो जितसँगै १२ खेलमा ११ अंक जोडेको छ । १३ खेल खेलिसकेको गुजरात भने १६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित: ३ जेठ २०८३ ७:०० | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast