काठमाडौँ- मनीष पाण्डेको उत्कृष्ट ब्याटिङको मद्दतले कोलकाता नाइट राइडर्स (केकेआर) ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ। इडेन गार्डेन्समा बुधबार राति भएको खेलमा मुम्बईले दिएको १४८ रनको लक्ष्य कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो। ७ बल बाँकी छँदै लक्ष्य पछ्याउने क्रममा कोलकाताका लागि मनीष पाण्डेले ३३ बलमा ४५ रनको महत्त्वपूर्ण इनिङ खेले। उनी खेलको ‘प्लेयर अफ द म्याच’ बने।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाएको थियो।
यो जितसँगै कोलकाताले अन्तिम खेल अगाडि १३ अंक जोडेको छ। कोलकाता तालिकाको छैटौं स्थानमा छ। नवौं स्थानमा रहेको मुम्बई आठ अंकमा सीमित छ।
प्रकाशित: ७ जेठ २०८३ ६:५५ | Thursday, May 21, 2026
प्रतिक्रिया




