आईपीएलः पहिलो क्वालिफायरमा आज आरसीबी र गुजरात भिड्ने

हिमाल प्रेस १२ जेठ २०८३ ७:३० | Tuesday, May 26, 2026
10
SHARES
आईपीएलः पहिलो क्वालिफायरमा आज आरसीबी र गुजरात भिड्ने

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पहिलो क्वालिफायरको खेल हुँदैछ। प्रतियोगिताको पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको हो। पहिलो क्वालिफायरको विजेता सिधै फाइनल पुग्नेछ।

पहिलो क्वालिफायरको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ मा सुरु हुँदैछ। यो खेल धर्मशाला मैदानमा हुनेछ। आरसिबी समूह चरणका १४ खेलमध्ये ९ जित निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा पुगेको हो।

समान खेलमा समान अंक जोडेको गुजरात रनरेटका आधारमा दोस्रो स्थानमा समेटिँदै पहिलो क्वालिफायरमा भिड्न लागेको हो।

आईपीएलअन्तर्गत बुधबार हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुँदैछन्। इलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। इलिमिनेटरमा पराजित टिम भने प्रतियोगिताबाट बाहिरिने छ। आईपीएलको उपाधि भिडन्त भने आइतबार हुनेछ।

प्रकाशित: १२ जेठ २०८३ ७:३० | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast