भारत-अमेरिका व्यापार सम्झौता नजिक

हिमाल प्रेस ४ कार्तिक २०८३ १५:५३ | Wednesday, October 21, 2026
8
SHARES
भारत-अमेरिका व्यापार सम्झौता नजिक

काठमाडौँ- भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि र ऊर्जा सुरक्षामा सहकार्य बढाउँदै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुंग्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मुम्बईमा मंगलबार भारतीय विदेशमन्त्री एस जयशंकर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भएको भेटवार्तामा दुई देशको सम्बन्ध र क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

रुबियोले व्यापार सम्झौता अन्तिम चरणमा पुगेको र केही प्राविधिक विषय मात्र टुंग्याउन बाँकी रहेको बताए। उनले सम्झौताका सबै विवरणमा सहमति भएपछि मात्र घोषणा गर्नुपर्नेमा जोड दिए।

भारत र अमेरिकाबीच प्रमुख राष्ट्रिय हितका विषयमा असाधारण तालमेल रहेको उल्लेख गर्दै उनले दुई देशबीच कूटनीतिक तथा आर्थिक सहकार्य विस्तार गर्नुपर्ने बताए।

रुबियोले मुम्बईलाई भारतको आर्थिक केन्द्रका रूपमा उल्लेख गर्दै त्यहाँबाट व्यापार र लगानी विस्तारको सम्भावना रहेको धारणा राखे।

भारतको औपचारिक भ्रमणमा रहेका रुबियोले गुजरातको जामनगरमा उन्नत ऊर्जा सहकार्यबारे छलफल गर्ने कार्यक्रम छ। उनको भ्रमणले दुई देशबीच रणनीतिक साझेदारी थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।-रासस/एएनआई

प्रकाशित: ४ कार्तिक २०८३ १५:५३ | Wednesday, October 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast