‘आर्थिक कूटनीति बदलेर लगानी र प्रविधि भित्र्याउन क्रियाशील रहनेछु’

हिमाल प्रेस २६ असोज २०८३ १५:४६ | Monday, October 12, 2026
10
SHARES
‘आर्थिक कूटनीति बदलेर लगानी र प्रविधि भित्र्याउन क्रियाशील रहनेछु’

काठमाडौँ- भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चलनाथ पाण्डेले नेपालमा लगानी र प्रविधि भित्र्याउन क्रियाशील हुने बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा सुनुवाईका क्रममा प्रस्तावित राजदूत पाण्डेले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीति बदलेर नेपालमा लगानी र प्रविधि भित्र्याउन आफू क्रियाशील रहने बताए।

उनले बाहिरिने भारतीय पर्यटकहरूको तुलनामा नेपाल आउने भारतीय पर्यटकको संख्या ज्यादै न्यून रहेको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनका लागि अझ धेरै प्रयास गर्नुपर्ने र भारतीय बहालवाला कर्मचारीका लागि विभिन्न योजना ल्याउन उचित हुने धारणा राखे।

नयाँ दिल्ली, वाराणसी, बेंगलोर, मुम्बईलगायतका सहरहरूसँग नेपालको डाइरेक्ट कनेक्टिभिटी भए पनि कलकत्ता फ्लाइट नियमित नभएको र यसका लागि प्रयास गर्नुपर्ने उनले बताए।

त्यस्तै उनले सीमा सुरक्षामा प्रविधिको प्रयोग बढाउनुपर्ने, ड्रोनको प्रयोग नेपाली भूमिमा गर्ने तथा २४ सै घण्टा स्मार्ट बोर्डर कन्सेप्ट लागू गर्नुपर्नेमा जोड दिए। उनले भारतसँगको व्यापार असन्तुलन कम गर्न विद्युत् निर्यात नै मुख्य माध्यम बन्न सक्ने भएकाले सहज रुपमा विद्युत् आयात–निर्यात गर्न आफूले भूमिका खेल्ने जनाए।

नेपालको राजदूतको हैसियतमा आफ्नो भूमिका , दायित्व र चिन्तन सधैँ नेपाल सरकारको नीति निर्देशन र प्राथमिकतामा केन्द्रीत रहने बताए।

प्रकाशित: २६ असोज २०८३ १५:४६ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast