‘चीनबाट व्यावहारिक लाभ लिन सक्ने वातावरण बनाउन भूमिका खेल्छु’

हिमाल प्रेस २६ असोज २०८३ १५:२५ | Monday, October 12, 2026
10
SHARES
‘चीनबाट व्यावहारिक लाभ लिन सक्ने वातावरण बनाउन भूमिका खेल्छु’

काठमाडौँ- चीनका लागि नेपालका प्रस्तावित राजदूत कल्याणराज शर्माले चीनबाट व्यावहारिक लाभ लिन सक्ने वातावरण बनाउन आफूले भूमिका खेल्ने बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा सुनुवाईका क्रममा शर्माले राजदूत पदको जिम्मेवारी पाएमा राजनीतिक विश्वास कायम राख्दै नेपाली नागरिक र नेपाल सरकारले व्यावहारिक लाभ लिन सक्ने वातावरण बनाउने मुख्य उद्देश्य रहने बताएका हुन्।

उनले सार्वभौमिक समानता, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, आन्तरिक मामिलामा अहस्तक्षेप र नेपालको ’एक चीन’ सिद्धान्तप्रतिको प्रतिबद्धता दुईदेशबीचको सम्बन्धका मुख्य आधारहरू भएको धारणा राखे।

उनले यसअघि भएका सम्झौताहरूको कार्यान्वयनमा निरन्तर ध्यान दिँदै नेपालको उत्पादन र पर्यटन विकासका लागि चिनियाँ बजारमा पहुँच विस्तार गर्ने र उत्पादनशील लगानी आकर्षित गर्न सहजीकरण गरिने उल्लेख गरे।

सीमा तथा पारवहन व्यवस्थालाई भरपर्दो बनाउने, विपत् उत्थानशीलतामा सहकार्य प्रवद्र्धन गर्ने र नेपाली नागरिकलाई प्रभावकारी कन्सुलर सेवा उपलब्ध गराउने काममा प्रयासहरू लक्षित हुने उनको भनाइ छ।

उनले पारवहन सम्झौता अन्तर्गत चीनका चार समुद्र र तीन स्थल बन्दरगाहहरूलाई प्राप्त पहुँचमार्ग छिटो सञ्चालन गराएर नेपाललाई अन्तर्राष्ट्रिय ट्रेडमा जोड्नप्रयत्न गरिने समेत उल्लेख गरे।

प्रकाशित: २६ असोज २०८३ १५:२५ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast