पञ्चरामलाई २५ मतले हराउँदै राप्रपा गण्डकी अध्यक्षमा उदाए युवा नेता खनाल

हिमाल प्रेस २२ असोज २०८३ ८:२६ | Thursday, October 8, 2026
6
SHARES
पञ्चरामलाई २५ मतले हराउँदै राप्रपा गण्डकी अध्यक्षमा उदाए युवा नेता खनाल

पोखरा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश अध्यक्षमा युवा नेता अर्जुन खनाल निर्वाचित भएका छन्। बुधबार दोस्रो अधिवेशनमा अध्यक्षका प्रत्यासी पञ्चराम गुरुङलाई पराजित गर्दै खनाल निर्वाचित हुन सफल भएका हुन् । उनले १८९ मत प्राप्त गर्दा गुरुङले १६४ ल्याए ।

४२८ जना मतदातामध्ये ३६० जनाले मतदान प्रक्रियामा भाग लिएकामा ७ मत बदर भएको राप्रपा कास्की सचिव भानु भण्डारी ‘क्षितिज’ ले जानकारी दिए । कुशल संगठक एवं स्पष्ट वक्ता खनाल पार्टीको केन्द्रीय सदस्य एवं पर्यटन विभाग सदस्य पनि हुन् । उनी गत प्रतिनिधि सभा सदस्य चुनावमा कास्की ३ बाट प्रतिस्पर्धा लडेका थिए । राप्रपा गण्डकीको नेतृत्वमा निर्वाचितसँगै उनले पार्टीभित्रको जित हारभन्दा पनि अब गणतन्त्रवादीहरुको टाउको दुखाइको विषय बन्ने बताए ।

निवर्तमान अध्यक्ष रहेका पञ्चराम गण्डकी प्रदेश सभा संसदीय दलका नेतासमेत हुन् । ४१ सदस्यीय कार्यसमितिमा सदस्यहरु सर्वसम्मत् निर्वाचित भएकोमा नेतृत्वका लागि सर्वसम्मत प्रयास विफल भएपछि मतदान भएको हो । सदस्यहरुबाटै पदाधिकारीको बाँडफाँड हुनेछ । यसैबीच, अधिवेशन उद्घाटन पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले उद्घाटन गरेका थिए ।

प्रकाशित: २२ असोज २०८३ ८:२६ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast