ल्याण्डफिल साइटमा लेदोसहित पहिरो, फोहोर संकलन प्रभावित

हिमाल प्रेस ९ असोज २०८३ १२:४७ | Friday, September 25, 2026
10
SHARES
ल्याण्डफिल साइटमा लेदोसहित पहिरो, फोहोर संकलन प्रभावित

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्ने ल्याण्डफिल साइटमा लेदोसहित पहिरो खसेपछि फोहोर संकलन र ढुवानी सेवा प्रभावित भएको छ।

निरन्तरको वर्षाले ल्याण्डफिल साइटको माथिल्लो भागबाट लेदोसहित माटो खसिरहेकाले फोहोर विसर्जनमा समस्या उत्पन्न भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

महानगरले केही समयसम्म फोहोर संकलन नियमित हुन नसक्ने जनाउँदै नागरिकलाई घर, पसल र परिसरबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थान तथा खोला नालामा नफाल्न आग्रह गरेको छ।

फोहोर संकलन सेवा पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म सम्भव भएसम्म फोहोर आफ्नै घर वा परिसरभित्र सुरक्षित राख्न र कुहिने तथा नकुहिने फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न पनि महानगरले अनुरोध गरेको छ।

सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्दा सडक अवरुद्ध हुने र वर्षाको पानी निकासमा समेत असर पर्ने भएकाले विशेष सतर्कता अपनाउन महानगरले आग्रह गरेको छ।

महानगरका अनुसार वर्षा कम भई ल्याण्डफिल साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानी सेवा पुनः नियमित रूपमा सञ्चालन गरिनेछ।

प्रकाशित: ९ असोज २०८३ १२:४७ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast