उपत्यकामा आजदेखि ६ स्थानमा ग्यास बिक्री हुँदै

हिमाल प्रेस २५ असोज २०८३ ७:२३ | Sunday, October 11, 2026
4
SHARES
उपत्यकामा आजदेखि ६ स्थानमा ग्यास बिक्री हुँदै

काठमाडौँ- काठमाडौँ उपत्यकामा आजदेखि ६ स्थानमा ग्यास बिक्री हुँदैछ। ग्यासको आपूर्तिलाई सहज बनाउन असोज २५ देखि ३१ गतेसम्म ६ स्थानबाट ग्यास बिक्री गर्न लागिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।

संघका अध्यक्ष दिवान चन्दले गत शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल आयल निगगको समन्वय र ग्यास बिक्रेता महासंघको सहाकार्यमा ग्यास बिक्री गर्न लागिएको हो।

काठमाडौँको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम, पेप्सीकोलाबाट सगर तथा बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास बिक्री गरिने भएको छ।

त्यस्तै, सुकेधाराबाट बाबा र श्री ग्यास, कलंकीबाट साइबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास बिक्री गरिने संघले जनाएको छ।

यी ६ वटै स्थानबाट बिहान साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म ग्यास बिक्री हुने छ। यी स्थानमा ग्यासको सिलिन्डर पनि साँटफेर हुने अध्यक्ष चन्दले जानकारी दिएका छन्।

प्रकाशित: २५ असोज २०८३ ७:२३ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast