खुला प्रतिस्पर्धाबाट चार संकायका डिन नियुक्त गर्दै पोखरा विश्वविद्यालय, माग्यो आवेदन

हिमाल प्रेस २ असोज २०८३ ११:३८ | Friday, September 18, 2026
खुला प्रतिस्पर्धाबाट चार संकायका डिन नियुक्त गर्दै पोखरा विश्वविद्यालय, माग्यो आवेदन

पोखरा- पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ।

विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र तथा स्वास्थ्य विज्ञान संकायमा रिक्त रहेका डिन पदका लागि योग्य र इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो।

विश्वविद्यालयका अनुसार डिन छनोट प्रक्रियामा उम्मेदवारले सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना र व्यक्तिगत विवरण पेस गर्नुपर्नेछ।

कार्ययोजनामा संकायको स्रोत विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट व्यवस्थापन तथा अनुगमनका विषय समेटिनुपर्ने व्यवस्था गरिएको छ।

विश्वविद्यालयले डिन छनोटमा उम्मेदवारको शैक्षिक योग्यता र अनुभवसँगै सम्बन्धित संकायको विकासका लागि प्रस्तुत गरिने रणनीतिक योजना र त्यसलाई कार्यान्वयन गर्ने क्षमतालाई पनि मूल्यांकनको आधार बनाइने जनाएको छ।

चारवटै संकायमा रिक्त डिन पदपूर्ति भएपछि विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र रणनीतिक नेतृत्व थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २ असोज २०८३ ११:३८ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast