पोखरा विश्वविद्यालय : प्रा.डा.विष्णुराज तिवारीलाई उपकुलपतिको जिम्मेवारी

हिमाल प्रेस १ जेठ २०८३ ६:०८ | Friday, May 15, 2026
पोखरा विश्वविद्यालय : प्रा.डा.विष्णुराज तिवारीलाई उपकुलपतिको जिम्मेवारी

पोखरा- पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिको पदमा विश्वविद्यालयको दैनिक कार्य सञ्चालन गर्न पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका प्रा.डा.विष्णुराज तिवारीलाई उपकुलपतिको जिम्मेवारी तोकिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा वैशाख ३० गते गरिएको निर्णय (प्रधानमन्त्री एवं कुलपतिस्तर) बमोजिम प्रा.डा.तिवारीलाई उक्त जिम्मेवारी तोकिएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार प्रा.डा.तिवारीले बिहीबार पदभार ग्रहण गरे।

प्रकाशित: १ जेठ २०८३ ६:०८ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast