भोटेकोशी-त्रिशूली बाढी : ७३५ शव फेला, २,७१५ जनाको उद्धार

हिमाल प्रेस १४ भदौ २०८३ १२:३८ | Sunday, August 30, 2026
भोटेकोशी-त्रिशूली बाढी : ७३५ शव फेला, २,७१५ जनाको उद्धार

काठमाडौँ- भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ७३५ शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार हालसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट ७३५ जनाको शव फेला परेको हाे।

सबैभन्दा धेरै चितवनमा २५९ शव फेला परेका छन्। त्यसपछि नवलपरासी (पूर्व) मा १८४, नवलपरासी (पश्चिम) मा ८२, गोरखामा ५८, धादिङमा ५०, नुवाकोटमा ५२, तनहुँमा ३७ र रसुवामा १३ शव फेला परेका छन्।

यसैबीच, बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ७१५ जनाको उद्धार तथा घाइतेको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

उद्धार गरिएकामध्ये नुवाकोटका २ हजार २०, रसुवाका ६९२ र धादिङका ३ जना रहेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भइसकेका घाइतेको संख्या १६० पुगेको छ।

उद्धार कार्यमा नेपाल प्रहरीले ७ हजार २९३ प्रहरी परिचालन गरेको जनाएको छ। आइतबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरणअनुसार २५ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्।

प्रहरीले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत समन्वय तथा सुरक्षाको काम निरन्तर जारी रहेको जनाएको छ। सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजीका लागि विशेष टोली परिचालन गरिएको प्रहरीले उल्लेख गरेको छ।

 

प्रकाशित: १४ भदौ २०८३ १२:३८ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast