पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द

हिमाल प्रेस १० भदौ २०८३ १९:१४ | Wednesday, August 26, 2026
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द फाइल तस्बिर

काठमाडौँ- भोटेकोशीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाअन्तर्गत पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले बाढीका कारण रसुवा, नुवाकोटलगायत धादिङ जिल्लाको पृथ्वी राजमार्गका विभिन्न स्थानमा समेत क्षति पुगेको जानकारी दिइन्।

बाढी तथा त्यसबाट उत्पन्न हुनसक्ने थप जोखिमलाई ध्यानमा राखी आम सर्वसाधारणको जीउज्यानको सुरक्षाका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको उनले जानकारी दिइन्।

प्रकाशित: १० भदौ २०८३ १९:१४ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast