पृथ्वी राजमार्ग सन्चालनमा

हिमाल प्रेस ३१ साउन २०८३ ७:०५ | Sunday, August 16, 2026
पृथ्वी राजमार्ग सन्चालनमा

काठमाडौँ- पृथ्वी राजमार्गमा पहिरो पन्छाएपछि बिहानैबाट सवारी चल्न थालेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएपछि आइतबार बिहान ६: १५ बजेदेखि राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा आएको हो।

शनिबार राति अन्दाजी १०:२५ बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका ५ सिमलधारा पृथ्वीराजमार्गमा सडक माथिबाट रूखसहितको सुख्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै नारायणघाट-काठमाडौं जाने र आउने सवारीसाधनहरूको आवागमन पूर्ण रूपमा सुचारु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित: ३१ साउन २०८३ ७:०५ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast