रूखसहितको ठूलो सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

हिमाल प्रेस ३१ साउन २०८३ ६:३२ | Sunday, August 16, 2026
6
SHARES
रूखसहितको ठूलो सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध फाइल तस्बिर।

काठमाडौँ- पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा राजमार्गमाथिबाट रूखसहितको ठूलो सुख्खा पहिरो खस्दा सडक दुवैतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ।

शनिबार राति करिब १०:२५ बजे खसेको पहिरोका कारण नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा बन्द भएको हो। पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन कम्तीमा ६-७ घण्टा समय लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।

यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नारायणगढबाट काठमाडौँ जाने तथा काठमाडौँबाट नारायणगढ आउने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द गरिएको छ।

पहिरो पन्छाएर सडक खुलाउन सडक विभागसँगसमेत समन्वय भइरहेको प्रहरीले जनाएको छ।

सडकको अवस्था सामान्य नभएसम्म वैकल्पिक व्यवस्था अपनाउन तथा अनावश्यक यात्रा नगर्न पनि समेत प्रहरीले अनुरोध गरेको छ।

पहिरोको कारण सवारी साधन रोकिँदा यात्रुले सास्ती पाएका छन्।

प्रकाशित: ३१ साउन २०८३ ६:३२ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast