२ अर्बको शिक्षक आन्दोलनको सट्टा अस्पताल बनाएको भए गर्व गर्ने परियोजना बन्थ्यो : रमेशबाबु भट्टराई

हिमाल प्रेस २४ साउन २०८३ १७:२२ | Sunday, August 9, 2026
66
SHARES
२ अर्बको शिक्षक आन्दोलनको सट्टा अस्पताल बनाएको भए गर्व गर्ने परियोजना बन्थ्यो : रमेशबाबु भट्टराई

काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा शैक्षिक अभियन्ता रमेशबाबु भट्टराईले शिक्षक आन्दोलनमा खर्च हुने ठूलो रकमलाई शिक्षक अस्पताल निर्माणमा लगानी गर्नुपर्ने बताएका छन्। भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन्।

नेपाल शिक्षक महासंघले विगतका सहमति कार्यान्वयन गराउन आगामी भदौदेखि देशव्यापी सशक्त आन्दोलन गर्ने बताएको छ।  गत वर्ष चैत वैशाखमा महासंघले २९ दिन काठमाडौँ केन्द्रित आन्दोलन गरेको थियो। यही प्रसंगमा भट्टराईले आन्दोलनको खर्चबारे प्रश्न उठाएका हुन्।

उनले करिब २ अर्ब रुपैयाँ खर्च भएको भनिएको २९ दिने शिक्षक आन्दोलनको सट्टा उक्त रकम शिक्षक अस्पताल निर्माणमा खर्च गरिएको भए अहिले सबै शिक्षकले गर्व गर्ने परियोजना निर्माण भइसक्ने धारणा राखेका छन्।

भट्टराईले अब शिक्षक महासंघको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्दै गर्दा शिक्षक अस्पताल निर्माणलाई प्रमुख एजेन्डामध्ये एक बनाउने बताएका छन्।

शिक्षक तथा उनीहरूका परिवारले उपचारका लागि ठूलो रकम खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्न शिक्षक अस्पताल आवश्यक रहेको उनको भनाइ छ।

अस्पताल निर्माण भए उपचारका नाममा शिक्षक र उनीहरूका परिवारले व्यहोर्नुपर्ने लाखौँ रुपैयाँको खर्च जोगाउन सकिने उनले उल्लेख गरेका छन्।

भट्टराईले शिक्षकका हकहित र पेसागत मुद्दासँगै स्वास्थ्य सुरक्षालाई पनि महासंघको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: २४ साउन २०८३ १७:२२ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast