काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ।
बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको सङ्ख्या ५७ हजार ८९७ रहेको छ। यो ८१.१९ प्रतिशत बराबर हो।
यस्तै,तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ।
परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस र आइभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ। बोर्डले यही साउन २ र ३ गते मौका परीक्षा सञ्चालन गरेको थियो।
प्रकाशित: २२ साउन २०८३ ७:१८ | Friday, August 7, 2026
प्रतिक्रिया


