कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्तावमा कांग्रेसले मतदान गर्ने

हिमाल प्रेस ७ साउन २०८३ १५:१४ | Thursday, July 23, 2026
18
SHARES
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्तावमा कांग्रेसले मतदान गर्ने

सुर्खेत- कर्णाली प्रदेश कांग्रेस संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध पेस हुने अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

बुधबार संसदीय दलका नेता जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले अविश्वासको प्रस्तावमा साथ दिने निर्णय गरिएको सांसद बेदराज सिंहले जानकारी दिए।

नेपाली कांग्रेस र नेकपाबीचको सहकार्यमा ३१ असारमा मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले दिएको समर्थन फिर्ता लिएका थिए। नेकपाका ११ र कांग्रेसका ५ जना सांसदले हस्ताक्षर गरि समर्थन फिर्ता लिएका हुन्।

समर्थन फिर्ता लिएपछि सम्भवतः बिहीबार बस्ने प्रदेश सभा बैठकमा अविश्वासको प्रस्ताव पेस हुनेछ। उक्त प्रस्ताव पारित भए वर्तमान मुख्यमन्त्री कँडेल पदमुक्त हुनेछन्। ४० सदस्यीय प्रदेश सभामा नेकपा र काँग्रेसका १४:१४ जना सांसद छन्।

साउन ३१  गते कांग्रेसबाट सहभागी चार जना मन्त्रीहरूले राजीनामा दिएका थिए। भोलिपल्ट कांग्रेसले नेकपासँग मिलेर समर्थन फिर्ता लियो।

समर्थन फिर्ता लिने बेलामै नेकपाले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिसकेको छ।

प्रकाशित: ७ साउन २०८३ १५:१४ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast