प्रधानाध्यापक नियुक्ति र सरुवा प्रक्रियामा परिवर्तन

हिमाल प्रेस २९ असार २०८३ १२:२८ | Monday, July 13, 2026
प्रधानाध्यापक नियुक्ति र सरुवा प्रक्रियामा परिवर्तन

 काठमाडौँ- सरकारले शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ राजपत्रमा प्रकाशित गर्दै विद्यालय शिक्षा व्यवस्थापन, शिक्षक नियुक्ति, सरुवा तथा प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी विभिन्न प्रावधान संशोधन गरेको छ। संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो।

संशोधनअनुसार विद्यालयका प्रधानाध्यापक नियुक्ति तथा जिम्मेवारीलाई थप व्यवस्थित बनाइएको छ। प्रधानाध्यापक छनोट, कार्यसम्पादन मूल्यांकन तथा पुनर्नियुक्तिसम्बन्धी व्यवस्था थप गरिएको छ। यस्तै, विद्यालय व्यवस्थापन समितिको भूमिका र अधिकारलाई पनि परिमार्जन गरिएको छ।

नियमावलीले शिक्षकको नियुक्ति, पदस्थापन, सरुवा तथा कार्यसम्पादन मूल्यांकनका प्रक्रियामा पनि संशोधन गरेको छ। शिक्षक व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र आवश्यकतामा आधारित बनाउन स्थानीय तह तथा सम्बन्धित निकायको भूमिका थप प्रष्ट गरिएको छ।

यसैगरी, विद्यालय सञ्चालन, विद्यार्थी व्यवस्थापन, परीक्षा सञ्चालन, प्राविधिक तथा व्यावसायिक शिक्षा, प्रशासनिक प्रक्रिया र विभिन्न कानुनी शब्दावलीमा समेत परिमार्जन गरिएको सरकारको भनाइ छ। संशोधनले विद्यालय प्रशासनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सरकारले शिक्षा नियमावलीको दशौँ संशोधन विद्यालय शिक्षालाई समयानुकूल, व्यवस्थित र उत्तरदायी बनाउन गरिएको जनाएको छ। संशोधित नियमावली २०८३ असार २५ गते नेपाल राजपत्रमा प्रकाशित भई लागू भएको हो।

प्रकाशित: २९ असार २०८३ १२:२८ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast