शिक्षक महासंघको विधान संशोधन : प्रत्यक्ष निर्वाचन र सबै शिक्षकलाई सदस्यता दिने प्रस्ताव

हिमाल प्रेस २८ असार २०८३ १२:२७ | Sunday, July 12, 2026
310
SHARES
शिक्षक महासंघको विधान संशोधन : प्रत्यक्ष निर्वाचन र सबै शिक्षकलाई सदस्यता दिने प्रस्ताव

काठमाडौँ- नेपाल शिक्षक महासंघले संगठनलाई थप समावेशी र लोकतान्त्रिक बनाउने उद्देश्यसहित विधान संशोधन प्रक्रिया अघि बढाएको छ।

महासंघको विधान संशोधन मस्यौदा तयारी बैठकमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने, सदस्यता वितरणको व्यवस्था परिवर्तन गर्ने तथा निर्वाचन प्रणालीलाई थप समावेशी बनाउने विषयमा छलफल भएको छ।

छलफलका क्रममा महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने प्रस्तावमा विशेष जोड दिइएको छ। त्यसैगरी, हाल विभिन्न शिक्षक संघसंगठनमा आबद्ध शिक्षकले मात्र महासंघको सदस्यता पाउने व्यवस्था परिवर्तन गरी महासंघले सबै  शिक्षकलाई प्रत्यक्ष सदस्यता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ।

प्रस्तावअनुसार कुनै पनि संगठनमा आबद्ध नभएका स्वतन्त्र शिक्षकलाई समेत महासंघको सदस्यता दिने र उनीहरूले महासंघको निर्वाचनमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्ने विषयलाई विधान संशोधनमा समेट्ने तयारी गरिएको छ।

विधान संशोधनका लागि सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ। समितिमा महासंघमा आबद्धसम्बद्ध सबै संस्थाका महासचिव सदस्य रहेका छन्।

प्रकाशित: २८ असार २०८३ १२:२७ | Sunday, July 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast