संसदीय दलको नेता हटाउने प्रावधानबारे के भन्छन् रास्वपा उपनेता पराजुली?

हिमाल प्रेस २४ असार २०८३ १७:१३ | Wednesday, July 8, 2026
10
SHARES
संसदीय दलको नेता हटाउने प्रावधानबारे के भन्छन् रास्वपा उपनेता पराजुली?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको संशोधित विधानमा उल्लेख कारबाहीको विषयलाई फरक ढंगले बुझ्न नहुने बताएका छन्।

बुधबार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले पार्टीको संशोधित विधान कुनै एक व्यक्तिले नभई केन्द्रीय समितिबाट छलफल भएर पारित भएको भन्दै कारबाहीको विषयलाई फरक ढंगले बुझ्न नहुने बताएका हुन्।

उनले विधानमा सभापतिदेखि सदस्यसम्मको चयन प्रक्रिया र बर्खास्त हुने अवस्थाको परिकल्पना गरिएको धारणा राखे। अन्य पदाधिकारीहरू जस्तै संसदीय दलको नेताको पदको अन्त्यका बारेमा पनि विधानमा व्याख्या गरिएको उनको भनाइ छ।

सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउनसक्ने प्रावधानका विषयमा नेता पराजुलीले विधानमा उल्लेख प्रावधानको अपव्याख्या गर्न खोजिएको तर्क गरे।

विधान बनाउँदा कुनै निश्चित व्यक्ति वा पदलाई हेरेर नभइ आगामी दिनमा पार्टीलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्य राखेर बनाइएको उनले बताए।

प्रकाशित: २४ असार २०८३ १७:१३ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast