काठमाडौँ- नेपालका लागि नवनियुक्त पाँच देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्र्ट विशेष समारोहमा युरोपीयन युनियनका राजदूत चाल्र्स व्हाइटले, इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्ट्योवती, घानाका गैरआवासीय राजदूत कोजो बोन्सु, सुडानका गैरआवासीय राजदूत डा.मोहम्मद अब्दल्ला अली एल्टम र ब्रुनाईकी गैरआवासीय राजदूत सिती आर्नीफारिजा बिन्ती हाजी मोह्द जानीले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।
समारोहमा नेपाल सरकारक उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रसिल्लासहितको बग्गीमा सवारी गराइएको थियो।




