संसदीय विशेष समितिका सभापति पराजुलीले लिए शपथ

हिमाल प्रेस १४ असोज २०८३ १८:५० | Wednesday, September 30, 2026
संसदीय विशेष समितिका सभापति पराजुलीले लिए शपथ

काठमाडौँ- हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले शपथग्रहण गरेका छन्।

बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालसमक्ष सभापति पराजुलीले शपथ लिएका हुन्।

हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेकोशी-त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनस्र्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्न समिति गठन गरिएको थियो।

शपथपछि विशेष समितिका सभापति पराजुलीले विपद् पूर्वतयारीका लागि पहिले भएका कामकारवाहीको समीक्षा गर्दै उद्धार, राहत तथा पुनस्र्थापनालाई प्रभावकारी बनाउने र विकासका पूर्वाधारहरूलाई जलवायु परिवर्तनसँग जुध्न सक्ने एवं सुरक्षित बनाउने विषयमा समितिले विस्तृत अध्ययन गर्ने जानकारी दिए।

उनले विपद् जोखिम न्यूनीकरण गर्न सकिने गरी एक सशक्त प्रतिवेदन तयार पारी जनतालाई न्यायको अनुभूति गराउने प्रतिबद्धता जनाए।

दसैँ-तिहारको बिदा र अधिवेशनको अन्तरालका कारण समयको चाप रहे पनि समेट्नुपर्ने विषयहरू निकै बृहत् भएकाले तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्न अधिकतम प्रयास गरिने उनको भनाइ छ।

प्रकाशित: १४ असोज २०८३ १८:५० | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast