प्रदेशसभा खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव दलहरूको सहमतिका आधारमा अघि बढ्छ : कानुनमन्त्री गौतम

हिमाल प्रेस ११ असार २०८३ १३:३१ | Thursday, June 25, 2026
18
SHARES
प्रदेशसभा खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव दलहरूको सहमतिका आधारमा अघि बढ्छ : कानुनमन्त्री गौतम

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले पार्टीले अघि सारेको नयाँ शासकीय स्वरूपसम्बन्धी प्रस्तावबारे अन्य राजनीतिक दलहरूसँग प्रारम्भिक छलफल भइसकेको बताएकी छन्।

चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतमले उक्त प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएको विषय भएकाले व्यापक बहस र सहमतिको आवश्यकता रहेको बताइन्।

‘यो संविधान संशोधनसँग सम्बन्धित विषय भएकाले यसबारे व्यापक छलफल आवश्यक छ। प्रारम्भिक रूपमा विभिन्न राजनीतिक दलहरूसँग पनि छलफल भइसकेको छ,’ उनले भनिन्।

रास्वपाले प्रदेशसभा खारेज गर्ने तथा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको नयाँ शासकीय प्रणाली लागू गर्ने प्रस्ताव महाधिवेशनमा प्रस्तुत गरेको छ। गौतमले उक्त प्रस्तावमाथि हुने छलफल र दलहरूबीच बन्ने सहमतिका आधारमा आगामी प्रक्रिया अघि बढ्ने बताइ्।

महाधिवेशनबारे बोल्दै उनले निर्धारित तीन दिनको कार्यतालिका केही लम्बिएको भए पनि पदाधिकारी निर्वाचन सम्पन्न भएपछि महाधिवेशन बिहीबार नै समापन गर्ने तयारी रहेको जानकारी दिइन्।

गौतमले रास्वपाको यो पहिलो महाधिवेशन भएकाले देखिएका चुनौती र अनुभवलाई सिकाइका रूपमा ग्रहण गर्दै पार्टी अघि बढ्न चाहेको बताइन्।

पदाधिकारी निर्वाचनमा आफ्नो पनि उम्मेदवारी रहने जानकारी दिँदै उनले उम्मेदवारी दर्तापछि मात्रै कुन पदमा प्रतिस्पर्धा गर्ने भन्ने विषय सार्वजनिक गर्ने बताइन्।

प्रकाशित: ११ असार २०८३ १३:३१ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast