‘बीजेपी’ का नेतालाई जिउँदै जलाइयो

हिमाल प्रेस ५ असार २०८३ १४:५० | Friday, June 19, 2026
28
SHARES
‘बीजेपी’ का नेतालाई जिउँदै जलाइयो

काठमाडौँ- भारतको छत्तिसगढ जिल्लास्थित कोरिया जिल्लामा भारतीय जनता पार्टी (बीजेपी) का एक नेतासहित तीन जनलाई जिउँदै जलाइएको छ।

बालुवा उत्खननलाई लिएर भएको विवाद उग्र रुप लिएपछि यो घटना भएको हो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक पविारका चार जनालाई पक्राउ गरी न्यायिक हिरासतमा पठाएको छ। यो हिंसात्मक विवादमा संलग्न पीडित र आरोपी दुवै पक्ष भारतको सत्तारुढ दल बीजेपीसँग आवद्ध रहेका छन्।

प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बालुवा उत्खननको विषयलाई लिएर दुई पक्षबीच विवाद बढ्दै गएपछि आरोपीहरुले बीजेपी नेता तथा पूर्व जनपद पञ्चायत अध्यत भरत सिंह गहरबारको गाडीमा आगो लगाइदिएका थिए।

‘अभियुक्तहरुले पीडित सवार गाडीको अगाडि र पछाडि टिपर राखेर बाटो छेकेका थिए। गाडीभित्र रहेका व्यक्तिहरु बाहिर ओर्लिनुअगावै योजनाबद्ध तरिकाले पेट्रोल खन्यार गाडीमा आगो लगाइदिए,’ प्रहरीले भनेको छ।

यस घटनामा गाडीमा सबार गहरबारसहित तीन जनाको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै पक्षबीच विगत धेरै वर्षदेखि आपसी वर्चस्व र बालुवा खानीको नियन्त्रणलार्ई लिएर विवाद हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। पक्राउ परेका चारै जना बीजेपीसँग आवद्ध एकै परिवारका सदस्य रहेका छन्।

प्रकाशित: ५ असार २०८३ १४:५० | Friday, June 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast