रवि र अमित शाहबीच भेटवार्ता

हिमाल प्रेस १९ जेठ २०८३ २०:३४ | Tuesday, June 2, 2026
18
SHARES
रवि र अमित शाहबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता एवं भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ।

पाँचदिने भारत भ्रमणका लागि नयाँदिल्लीमा रहेका रास्वपा सभापति लामिछाने र गृहमन्त्री शाहबीच मंगलबार भेटवार्ता भएको हो।

छिमेकी मुलुकका राजनीतिज्ञहरूसँगक कमै भेटघाट गर्ने भारतीय गृहमन्त्री शाहले रास्वपा सभापति लामिछानेलाई प्राथमिकतामा राख्दै भेटवार्ता गरेका हुन्।

भेटका क्रममा गृहमन्त्री शाहले निर्वाचनमा पाएको अभूतपूर्व सफलताका र ऐतिहासिक विजयका लागि रास्वपा सभापति लामिछानेलाई बधाई दिँदै भारतका तर्फबाट शुभकामना दिए।

भेटघाटका क्रममा दुवै नेताले भारत र नेपालबीचको विशेष सम्बन्धलाई थप सुदृढ र सशक्त बनाउन सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

भारतको सत्तारुढ दल भाजपाको निमन्त्रणामा पाँचदिने भारत भ्रमणका लागि रास्वपा सभापति लामिछाने सोमबार नयाँदिल्ली पुगेका हुन्। मंगलबार बिहान भाजपाको पार्टी कार्यालय पुगेका उनलाई भव्य स्वागत गरिएको थियो।

भाजपा मुख्यालयमा उनले भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए। भाजपाको मुख्यालयमा आयोजित कार्यक्रममा लामिछानेसहितको प्रनिधिमण्डललाई अध्यक्ष नवीनले स्वागत गरेका थिए।

भेटका अवसरमा उनले भारत र नेपालबीचको दीर्घकालीन सभ्यागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरको गहिरो सम्बन्धबारे चर्चा गर्दै यस्ता अन्तरक्रियाले लोकतान्त्रिक संवादलाई सुदृढ बनाउनुका साथै दल–दलबीचको सम्बन्धलाई थप बलियो बनाउने बताएका थिए।

अध्यक्ष नवीनले भाजपाको राजनीतिक यात्रा, वैचारिक आधार, संगठनात्मक संरचना तथा जनमुखी राजनीतिक अभ्यासबारे जानकारी गराएका थिए।

सभापति लामिछानेले मंगलबारै भारतका विदेशमन्त्री एस जयशंकर पनि भेटवार्ता गरेका छन्। विदेशमन्त्री जयशंकरले भेटलार्य साहार्दपूर्ण र सकारात्मक भएको उल्लेख गरेका छन्।

भेटका क्रममा भारत–नेपाल विकास साझेदारी, आर्थिक सहकार्य तथा जनजनबीचको सम्बन्धका विषयमा छलफल भएको जयशंकर सामाजिक सञ्जालमा लेखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast