एसीसी प्रिमियर कपमा हङकङसँग नेपाली महिला टिमको लज्जास्पद हार

हिमाल प्रेस २३ जेठ २०८३ १४:१९ | Saturday, June 6, 2026
12
SHARES
एसीसी प्रिमियर कपमा हङकङसँग नेपाली महिला टिमको लज्जास्पद हार

काठमाडौँ- एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग लज्जास्पद हार बेहोरेको छ । नेपाल हङकङसँग ६९ रनले पराजित भएको हो। हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३।३ ओभरमा ४० रनमा अलआउट भयो । सोनी पाख्रिनले सर्वाधिक १२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।

हङकङका लागि इकरा सहरले ४ ओभरमा ४ रन दिएर ४ विकेट लिइन् । चान का र मार्यम बिबीले २(२ विकेट लिए । सिउ मेइ र जोइलिन धलिवालले १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो । हङकङका लागि यासमिन दसवानीले अविजित रहेर सर्वाधिक ४२ रन बनाइन्। मारिको हिलले २९ रन बनाइन् । मारिना लाम्पलोह १८ रनमा अविजित रहिन् ।

नेपालका लागि रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिए । यस हारका बाबजुद नेपाल क्‍वाटरफाइनलमा प्रवेश गरिसकेको छ । एसिया कपमा छनोट हुनका लागि सेमिफाइनलसम्म पुग्नुपर्छ ।

प्रकाशित: २३ जेठ २०८३ १४:१९ | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast