सांसद न्यौपानेले भने- तत्काल बाँदरबाट अन्नबाली जोगाइदिनुपर्‍यो

हिमाल प्रेस १३ जेठ २०८३ १२:१५ | Wednesday, May 27, 2026
6
SHARES
सांसद न्यौपानेले भने- तत्काल बाँदरबाट अन्नबाली जोगाइदिनुपर्‍यो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले बाँदर नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रका एक जना किसानले आज बिहानै फोन गरेको र ‘माननीयज्यू बरु सडक र विकास ढिला होस्, तत्काल बाँदरबाट अन्नबाली जोगाइदिनुपर्‍यो’ भनेको उनले संसदमा जानकारी गराए।

किसानको गुनासो मात्रै नभएर नेपालको कृषि, किसान र खाद्यय सुरक्षामाथिको गम्भीर संकट भएको उनले बताए।

डमी बाँदर राख्ने लगायतका उपय अपनाउन सकिने र यस निम्ति नागरिकललाई सचेत गराउन सकिने उनले सरकारलाई आग्रह समेत गरेका छन्।

बाँदरकै कारण कतिपय किसान बसाइँ सर्नु परेको उनले बताए।

प्रकाशित: १३ जेठ २०८३ १२:१५ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast