एसईई नतिजा : ६५ प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड

हिमाल प्रेस २८ वैशाख २०८३ २१:४४ | Monday, May 11, 2026
28
SHARES
एसईई नतिजा : ६५ प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड फाइल तस्बिर

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष कुल परीक्षार्थीमध्ये ६५ प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार २ लाख ८४ हजार १६० जना विद्यार्थी ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ जना ननग्रेडेड भएका छन्।

नतिजाअनुसार १ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ७ रहेको छ। यस्तै २ देखि २.४ जीपीए ल्याउने ५ हजार १९० जना, २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७ जना तथा २.८ देखि ३.२ जीपीए ल्याउने ९४ हजार २२२ जना रहेका छन्।

त्यसैगरी ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको बोर्डले जनाएको छ। ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ८ हजार ३९२ जना रहेका छन्।

चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए।

सरकारले यस वर्षदेखि एसईईको नतिजा परीक्षा सम्पन्न भएको एक महिनाभित्र सार्वजनिक गर्ने घोषणा गरेको थियो।

सोहीअनुसार वैशाख २९ गते नतिजा सार्वजनिक गर्ने तयारी रहे पनि मूल्यांकनको काम समयमै सम्पन्न भएकाले एक दिनअघि नै नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०८३ २१:४४ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast