एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

हिमाल प्रेस २८ वैशाख २०८३ २१:३० | Monday, May 11, 2026
70
SHARES
एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ-  २०८२ को एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रणका अनुसार ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो। गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो।

जीपीए १.६० देखि २ सम्म : सात विद्यार्थी
जीपीए २ देखि २.४० सम्म : पाँच हजार १९० विद्यार्थी
जीपीए २.४० देखि २.८० सम्म : ५५ हजार ९७७ विद्यार्थी
जीपीए २.८० देखि ३.२० सम्म : ९४ हजार २२ विद्यार्थी
जीपीए ३.२० देखि ३.६० सम्म : ८० हजार ३७२ विद्यार्थी
जीपीए ३.६०देखि ४ सम्म : ४८ हजार ३९२ विद्यार्थी

नन ग्रेडेड :  एक लाख ४६ हजार ५०७

नतिजा वेबसाइटलगायत विभिन्न माध्यममार्फत हेर्न सकिने जनाइएको छ। एसईई गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।

यस वर्ष एसईईका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए।

परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ जना छात्रा, २ लाख ५४ हजार ८०१ जना छात्र तथा अन्य ७ जना रहेका छन्।

यसरी हेर्नुस् नतिजा

प्रकाशित: २८ वैशाख २०८३ २१:३० | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast