यसरी हेर्न सकिन्छ एसईई नतिजा

हिमाल प्रेस २७ वैशाख २०८३ १३:१८ | Sunday, May 10, 2026
18
SHARES
यसरी हेर्न सकिन्छ एसईई नतिजा

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

बोर्डका अनुसार यस वर्षको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा SMS, IVR र वेबसाइटमार्फत प्रकाशित गरिनेछ। नतिजा प्रकाशनपछि विद्यार्थीहरूले विभिन्न डिजिटल माध्यम प्रयोग गरेर आफ्नो नतिजा सहजै हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

बोर्डले तोकेको आधिकारिक वेबसाइटहरू जस्तै see.gov.np, neb.gov.np, see.ntc.net.np लगायतबाट सिम्बोल नम्बर प्रविष्ट गरी नतिजा हेर्न सकिनेछ। SMS सेवा, IVR तथा मोबाइल एपमार्फत पनि परिणाम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा तयारीको अधिकांश काम पूरा भइसकेको छ र केही प्राविधिक मिलान तथा अन्तिम जाँचको काम मात्र बाँकी रहेको छ।

यस वर्षको एसईईमा देशभरबाट करिब ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका थिए। परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो।

प्रकाशित: २७ वैशाख २०८३ १३:१८ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast