शिक्षा नियमावली संशोधन गरेरै बाल विकासलाई विद्यालय संरचनामा राख्नुपर्ने, मन्त्रालय पुग्यो सुझावपत्र!

हिमाल प्रेस २३ वैशाख २०८३ ११:५६ | Wednesday, May 6, 2026
1.9k
SHARES
शिक्षा नियमावली संशोधन गरेरै बाल विकासलाई विद्यालय संरचनामा राख्नुपर्ने, मन्त्रालय पुग्यो सुझावपत्र!

काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा नियमावली २०५९ माथि संशोधन गर्न सरकार समक्ष १८ बुँदे सुझाव पेस गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गत बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई भेटेर उक्त सुझावहरू बुझाएको हो।

महासंघले बुझाएको सुझावहरूमध्ये सामुदायिक विद्यालयको प्रारम्भिक बालविकास (ईसीडी) लाई विद्यालय शिक्षाको संरचनाभित्र स्पष्ट रूपमा समेट्नुपर्ने विषयलाई प्रमुखताका साथ उठाइएको छ।

बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हरूले वर्षौंदेखि आफ्नो सेवा, सर्त र संरचनाका विषयमा माग उठाउँदै आए पनि हालसम्म ती मागहरू पूर्ण रूपमा सम्बोधन हुन सकेका छैनन्।

यसअघि प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक प्रस्तुत भए पनि त्यसले पूर्णता पाउन नसक्दा संरचनागत अन्योल कायमै रहेको छ। प्रस्तावित संशोधनको स्वरूपमा महासंघले हालको शिक्षा नियमावलीको नियम ८७ (क) मा रहेको व्यवस्थालाई परिमार्जन गर्न प्रस्ताव गरेको छ।

हालको अवस्थामा नियम ८७ (क) कक्षा एकदेखि कक्षा आठसम्म आधारभूत तह छ। ८७ (क) बालविकास तथा शिक्षादेखि कक्षा आठसम्म आधारभूत तह संशोधनमार्फत व्यवस्था गर्नुपर्ने महासंघको सुझाव छ।

त्यसैगरी, बालविकास शिक्षालाई विद्यालय शिक्षाको बलियो आधार बनाउन संशोधन आवश्यक रहेको महासंघले संशोधन गर्नुपर्ने कारणका रूपमा व्याख्या गरेको छ।

शिक्षा नियमावली संशोधन : शिक्षामन्त्रीलाई महासंघले बुझायो १८ सुझाव

प्रकाशित: २३ वैशाख २०८३ ११:५६ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast