दलीय पेसागत संगठन चाहियो भन्नेलाई बहिष्कार गरौं : शिक्षक भट्टराई

हिमाल प्रेस २२ वैशाख २०८३ ११:२९ | Tuesday, May 5, 2026
14
SHARES
दलीय पेसागत संगठन चाहियो भन्नेलाई बहिष्कार गरौं : शिक्षक भट्टराई

काठमाडौँ- शिक्षक रमेशबाबु भट्टराईले दलीय पेसागत संगठनको पक्षमा उभिनेहरूलाई बहिष्कार गर्नुपर्ने बताएका छन्। सरकारले हाल पेसागत संगठन हटाएपछि भट्टराईले यस्तो बताएका हुन्।

दलीय आधारमा पेसागत संगठनको माग गर्नु उचित नभएको बताउँदै उनले त्यसप्रति असहमति जनाएका छन्। उनका शब्दमा,‘दलीय पेसागत संगठन चाहियो भन्नेलाई बहिष्कार गरौं।’

तर उनले स्वतन्त्र पेसागत ट्रेड युनियन अधिकार खोस्ने प्रयासप्रति भने कडा आपत्ति जनाएका छन्। उनका अनुसार यस्तो प्रयासले शिक्षक तथा कर्मचारीलाई निरीह बनाउने खतरा हुन्छ।

 

प्रकाशित: २२ वैशाख २०८३ ११:२९ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast