अस्थायी प्रकृतिका शिक्षक कर्मचारीको माग सम्बोधन गर्न शिक्षामन्त्री र सचिवको ध्यानाकर्षण

हिमाल प्रेस १८ वैशाख २०८३ ८:०३ | Friday, May 1, 2026
216
SHARES
अस्थायी प्रकृतिका शिक्षक कर्मचारीको माग सम्बोधन गर्न शिक्षामन्त्री र सचिवको ध्यानाकर्षण

काठमाडौँ- नेपाल अस्थायी शिक्षक तथा विद्यालय कर्मचारी महासंघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र शिक्षा मन्त्रालयका सहसचिव शिवप्रसाद सापकोटालाई ४ बुँदे मागसहित १५ बुँदे ‘थापागाउँ घोषणापत्र’ बुझाएको छ।

संयोजक विष्णु खत्रीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ध्यानाकर्षण पत्र बुझाउँदै अस्थायी प्रकृतिका शैक्षिक जनशक्तिको दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गरेको हो।

टोलीमा संरक्षक खेमराज अधिकारी, सदस्य हेमन्त सिंह, नेपाल राहत शिक्षक राष्ट्रिय समितिका सह-अध्यक्ष सञ्जीव मिश्र, राज शुक्ला तथा महासचिव जीवन तिमल्सिना लगायत सहभागी थिए।

महासंघले प्रस्तुत गरेको ४ बुँदे मागमा सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने, पेसागत निरन्तरताको सुनिश्चितता गर्नुपर्ने, रिक्त कोटालाई दरबन्दीमा रूपान्तरण गरी खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नुपर्ने तथा लामो समयदेखि कार्यरत अस्थायी जनशक्तिको सम्मानजनक व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, १५ बुँदे ‘थापागाउँ घोषणापत्र’मार्फत महासंघले दलगत राजनीतिक गतिविधिमा संलग्न नहुने, गुणस्तरीय शिक्षामा सक्रिय भूमिका निर्वाह गर्ने, बालअधिकारको सम्मान गर्ने तथा शैक्षिक सुधारमा जिम्मेवार सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

महासंघले आगामी शिक्षा ऐनमार्फत अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरूको दीर्घकालीन समाधान सुनिश्चित गर्न सरकारसँग आग्रह गर्दै आफ्ना मागहरूमा शीघ्र पहल गर्न ध्यानाकर्षण गराएको छ।

प्रकाशित: १८ वैशाख २०८३ ८:०३ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast