काठमाडौँ- गोकर्णेश्वर नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि शुल्क तोकेको छ। सामुदायिक तथा निजी विद्यालयलाई सोही अनुसार कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
नगरपालिकाले नर्सरीदेखि कक्षा १२ सम्मका लागि मासिक शुल्क निर्धारण गरेको छ। नयाँ संरचनाअनुसार नर्सरी कक्षाको शुल्क २४०० देखि ३६०० रुपैयाँसम्म, एल.के.जी. र यू.के.जी. कक्षामा क्रमशः २५०० देखि ३७५० र २६०० देखि ३९०० रुपैयाँसम्म तोकिएको छ।
त्यस्तै कक्षा १ देखि १० सम्म क्रमशः वृद्धि गर्दै अधिकतम शुल्क कक्षा १० मा ६७५० रुपैयाँसम्म पुगेको छ। कक्षा ११ र १२ का लागि शुल्क ५००० देखि ७५०० रुपैयाँसम्म निर्धारण गरिएको छ।
नगरपालिकाले यो शुल्क संरचना शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ अनुसार तयार गरिएको जनाएको छ।

प्रकाशित: १६ वैशाख २०८३ १६:४९ | Wednesday, April 29, 2026
प्रतिक्रिया




