काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाहीले अब शिक्षा ऐन ल्याउने कि नियमावली संशोधन गरेर अगाडि बढ्ने प्रश्न गरेका छन्।
बुधबार अध्यक्ष शाहीले अब टुंगो लगाउने बेला आएको बताएका छन्। ‘नयाँ शिक्षा ऐन ल्याउने कि नियमावली संशोधन गरेर अघि बढ्ने?’ अध्यक्ष शाहीले प्रश्न गरे।
उनले शिक्षा क्षेत्रलाई अनिश्चिततामा राखेर शिक्षक र शिक्षा क्षेत्रको भविष्य सुरक्षित नहुने बताए।
पेसागत सुरक्षा, अधिकार र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि सुझाव आवश्यक रहेको बताउँदै उनले भने,‘अब बोलौँ, सुझाव दिऔँ। सही बाटो रोजौँ।’
प्रकाशित: १६ वैशाख २०८३ १०:१४ | Wednesday, April 29, 2026
प्रतिक्रिया




