नेपाल राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष नवीनसिंह धामी।
काठमाडौँ- एकताबद्ध भएर माग पूरा गराउन सरकारलाई दबाब दिनुपर्ने बेलामा राहत शिक्षकहरू विभाजित छन्। नेपाल शिक्षक महासंघ र सरकारले नवीनसिंह धामी नेतृत्वको नेपाल राहत शिक्षक केन्द्रीय समितिलाई मात्र चिन्दछ। तर विष्णु खत्रीले ‘नेपाल राहत शिक्षक राष्ट्रिय समिति’ को नेतृत्व गरेर समानान्तर गतिविधि गरिरहेका छन्। राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष धामीले राहत र अस्थायी प्रकृतिका शिक्षकहरूमाथि गुटबन्दी गराउने शिक्षक नेता भन्दै केही शिक्षक नेताहरूको नाम नै सार्वजनिक गरेका छन्।
अध्यक्ष धामीले शनिबार (वैशाख १२) सामाजिक सञ्जालमा लेखे, ‘राहत र अस्थायी प्रकृतिका शिक्षकहरूमाथि गुटबन्दी गराउने शिक्षक नेताज्यूहरू शंकर अधिकारी, लक्ष्मण शर्मा अनि विष्णु खत्रीलगायतका आदरणीय महानुभावहरूले जुन खालको गुटबन्दी र फुटाउ र राज गर को राजनीति गर्नु भएको छ। आम शिक्षकहरूलाई भ्रमित पारेर हामीहरूलाई सामाजिक सञ्जालभरी विशेषगरी मलाई गालीको वर्षा भएको छ। उहाँहरूले बोलेजस्तै पेसागत ग्यारेन्टी गर्ने जिम्मा लिनुपर्छ मुख्यतया यी तीन जना र मलाई गाली गर्नेहरूले…। होइन भने समयले सबैको असली चेहरा देखाउनेछ बोलेको पूरा गर्नुस्। म तपाईँहरूको जयजयकार गर्नेछु।’
धामीले ४० हजार राहत शिक्षकलाई न्याय दिनु नै आफ्नो अन्तिम स्वार्थ रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘मेरो कुनै अरू स्वार्थ छैन। ४० हजार राहत शिक्षकहरूको न्याय नै मेरो अन्तिम स्वार्थ हो। जे जे गर्नुहुन्छ गर्नुहोस् तर अब जिम्मा लिनुहोस् होइन भने एक दिन इतिहासकै कलंक बन्नु हुनेछ यस्ता घिनलाग्दा हर्कतहरूले। पेसागत निरन्तरता सबैलाई चाहिएको छ। विधि कुन हो ग्यारेन्टी गर्नुहोस्। भ्रम फैलाउन सजिलो छ गाली गर्न सजिलो छ तर बोलेको पूरा भएन भने के हुन्छ?’
अध्यक्ष धामीले अस्थायी प्रकृतिका शिक्षक कर्मचारी फरक फरक अवस्थाको भएका कारण सबैको व्यवस्थापन एउटै विधिबाट सम्भव नहुने बताए। उनी भन्छन्, ‘एउटै विधिबाट व्यवस्थापन गरिँदा सबैले न्याय पाउँदैनन्। त्यसकारण अवस्थाका आधारमा वर्गीकरण गरि जसलाई जुन विधिबाट व्यवस्थापन गर्दा न्याय हुन्छ त्यही गरिनु पर्दछ। कोही साथीहरू ६० वर्ष उमेरसम्म सेवा गरेर रित्तो हात रुँदै घर गइसक्नु भयो। केही साथीहरू ६० को नजिक हुनुहुन्छ। केही साथीहरू पेसागत निरन्तरता खोजिरहनु भएको छ। केही साथीहरूले स्थायित्व, स्थायी सरहको सेवासुविधा पेसागत वृतिविकास खोजिरहनु भएको छ। सबैको चाहना जागिर कसैको नखोसियोस्….आदि।’
यी सबैको आवाज उठाउनु नेतृत्वको दायित्व र जिम्मेवारी रहेको र सबैको न्यायका लागि बोल्दा अनेकौं भ्रम सिर्जना गरेर गाली गरिएको धामी बताउँछन्। उनले भने, ‘गोल्डेनह्यान्डसेक वाला, आन्तरिक वाला प्रतिशत वाला राहत विरोधी के के व्यक्तिगत चरित्रहत्या गरेर गाली गर्ने धम्की दिने अभियान एकोहोरो चलाउनेहरूको उद्देश्य के हो कुन्नी? २०औं वर्षदेखि सबै साथीहरूको न्यायको लागि हामी संघर्षरत छौं। एउटा वर्गको मात्रै कुरा उठाउँदा व्यवस्थापनको आफ्नो अनुकूलको एउटा मात्र विधि मात्रै जप्ने हो भने अर्कालाई अन्याय हुनेतर्फ हामी सबै सचेत हुनै पर्दछ। जति पनि पेसागत संघसंगठन समुहहरू छन्। सबैले आम शिक्षक साथीहरूको लागि एक आवाज साझा धारणा बनाएर जान नसक्नु दुर्भाग्य हो। नेता बन्ने र बनाउने खेल हामी सबैका लागि घातक छ। सबैको उद्देश्य पेसागत हकहित नै हो भने एक अर्कालाई आरोप प्रत्यारोप लगाएर आपसमा प्रतिस्पर्धा गर्न जरुरी छैन। समयको परिवर्तनलाई आत्मसात गरि पेसागत सुरक्षा र हकहितका लागि सबै एकजुट भएर अगाडि बढ्नु अन्तिम विकल्प हो।’
आफैँ विभाजित हुँदा शिक्षा ऐनमा नसमेटिने भो ४२ हजार राहत शिक्षकको माग
राहत शिक्षकका पक्षमा उठेका खत्रीमाथि माओवादी शिक्षक संगठनको ‘कठोर कारबाही’






