एसईई नतिजा प्रकाशनलाई मुख्य प्राथमिकतामा राख्न शिक्षकलाई महासंघको आग्रह

हिमाल प्रेस १९ चैत २०८२ १०:५४ | Thursday, April 2, 2026
44
SHARES
एसईई नतिजा प्रकाशनलाई मुख्य प्राथमिकतामा राख्न शिक्षकलाई महासंघको आग्रह शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी

काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ। परीक्षा सञ्चालनसँगै नेपाल शिक्षक महासंघले उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेको छ।

महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै परीक्षामा सहभागी सबै विद्यार्थीलाई सफलताको शुभकामना व्यक्त गरेको छ।

परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष ढंगबाट सञ्चालन गर्न शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेको छ।

महासंघले परीक्षा सम्पन्न भइसकेपछि उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशन समयमै, विश्वसनीय र प्रभावकारी ढंगले सम्पन्न गर्नु अहिलेको प्रमुख जिम्मेवारी भएको उल्लेख गरेको छ।

करिब ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी छन्। यति ठूलो संख्यामा रहेका विद्यार्थीको नतिजा समयमै प्रकाशन गर्न मूल्यांकन प्रक्रियालाई छिटो, पारदर्शी र गुणस्तरीय बनाउनु आवश्यक रहेको महासंघको भनाइ छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले एसईई नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न परीक्षा बोर्डलाई निर्देशन दिइसकेका छन्।

विगतका वर्षहरूमा परीक्षा भएको तीन महिनामा नतिजा प्रकाशित हुन्थ्यो।

प्रकाशित: १९ चैत २०८२ १०:५४ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast