२०४६ सालदेखिका सबै काण्डको छानबिन गर्छौं : सभापति लामिछाने

हिमाल प्रेस १२ फागुन २०८२ १७:४१ | Tuesday, February 24, 2026
8
SHARES
२०४६ सालदेखिका सबै काण्डको छानबिन गर्छौं : सभापति लामिछाने

धरान- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २०४६ सालदेखिका सबै काण्डको छानबिन गर्ने बताएका छन्।

देशमा विधिको शासन स्थापना गर्न भ्रष्टाचारविरुद्ध आफ्नो पार्टी कठोर रूपमा प्रस्तुत हुने उनले बताए।

आज इटहरीमा आयोजित पार्टीको परिवर्तन उद्घोष सभामा उनले देशमा रोजगारी, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने बताए।

देश नयाँ इतिहास लेख्ने चरणमा पुगेको बताउँदै आगामी २१ मा हुने मतदानले परिवर्तनको दिशालाई स्पष्ट पार्ने विश्वास व्यक्त गरे।

निर्वाचनपछि प्राप्त परिणामलाई सबैले स्वीकार गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन आवश्यक रहेको उनले बताए।

प्रकाशित: १२ फागुन २०८२ १७:४१ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast