काठमाडौँ- विद्यालय शिक्षा सुधार र रूपान्तरणका लागि राजनीतिक दलको प्रतिबद्धताबारे शिक्षक संघसंगठनहरूले बुधबार संवाद कार्यक्रम आयोजना गरेका छन्।
कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल शिक्षक संघ संघीय कार्यसमिति अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाही, संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा लगायतका शिक्षक नेता सहभागी थिए। कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वशिक्षामन्त्री रघुजी पन्तले पनि सहभागिता जनाए।
शिक्षक नेताहरूले विगतमा शिक्षक महासंघ र सरकारबीच भएका सहमति तथा सम्झौता कार्यान्वयनमा ध्यान दिइनुपर्ने र आगामी निर्वाचनको घोषणापत्रमा शिक्षासम्बन्धी स्पष्ट प्रतिबद्धता समावेश हुनुपर्नेमा जोड दिए। सो अवसरमा शिक्षक नेताहरूले उपाध्यक्ष पन्तलाई सुझावपत्र हस्तान्तरण गर्दै शिक्षा सुधारसम्बन्धी आफ्नो माग र सुझाव राखेका थिए।
यो पनि
दलहरूलाई शिक्षकहरूको दबाब : ‘चुनावी नारा मात्रै नबनोस् घोषणापत्रमा शिक्षा’



