लुम्बिनी प्रदेशस्तरीय जागरूक अभियान सञ्चालन गर्दै विद्यालय कर्मचारी परिषद्‌

हिमाल प्रेस ९ माघ २०८२ ९:३६ | Friday, January 23, 2026
96
SHARES
लुम्बिनी प्रदेशस्तरीय जागरूक अभियान सञ्चालन गर्दै विद्यालय कर्मचारी परिषद्‌

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्‌ले लुम्बिनी प्रदेशस्तरीय विद्यालय कर्मचारी जागरूक अभियान सञ्चालन गर्न लागेको छ।

अभियानले सामुदायिक विद्यालयमा कार्यरत गैरशिक्षक कर्मचारीहरूलाई उनीहरूको हक, अधिकार, सेवा सुविधा र विद्यमान समस्याबारे जानकारी गराउने उद्देश्य राखेको परिषद्‌का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए।

कार्यक्रम माघ १० गते बिहान ११ बजे आदर्श माध्यमिक विद्यालय, डेडपुर, लमही नगरपालिका, दाङमा आयोजना हुनेछ। कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कार्यालय सहयोगी, लेखापाल र अन्य विद्यालय कर्मचारीको सहभागिता रहने आयोजकले जनाएको छ।

परिषद्‌का अनुसार विद्यालय कर्मचारीहरू लामो समयदेखि सेवा सुविधा, स्थायित्व र सम्मानजनक कार्य वातावरणको अभावमा काम गर्दै आएका छन्। यही अवस्थालाई ध्यानमा राख्दै कर्मचारीलाई संगठित, सचेत र एकताबद्ध बनाउने उद्देश्यले जागरूक अभियान सञ्चालन गर्न लागिएको हो।

कार्यक्रममा कर्मचारीका समस्या, समाधानका उपाय, आगामी रणनीति तथा परिषद्‌को भावी भूमिकाबारे छलफल हुने जनाइएको छ। परिषद्‌ले सबै कर्मचारीलाई हकअधिकार सुनिश्चित गर्न सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

प्रकाशित: ९ माघ २०८२ ९:३६ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast