काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्को सातौँ राष्ट्रिय महाधिवेशनबाट गंगाराम तिवारीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ राष्ट्रिय समिति निर्वाचित भएको छ।
दाङमा आयोजित महाधिवेशनले महासचिवमा शान्तिनाथ योगीलाई निर्वाचित गरेको छ। त्यस्तै उपाध्यक्षमा रीना ठकुरी काफ्ले तथा उपमहासचिवमा प्रेम खत्री र सुसान खनाल निर्वाचित भएका छन्।
महाधिवेशनबाट सुवर्णमाया बिजुक्छेसहित विभिन्न पदाधिकारी तथा सदस्यहरू राष्ट्रिय समितिमा निर्वाचित भएका छन्। नवलपुर जिल्लाबाट कृष्णप्रसाद गौडेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
नवनिर्वाचित नेतृत्वले विद्यालय कर्मचारीहरूको हकहित, पेसागत सुरक्षा, सेवा सुविधा तथा अधिकारका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताइएको छ।
प्रकाशित: १६ कार्तिक २०८३ ११:०३ | Monday, November 2, 2026
प्रतिक्रिया



