एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम

हिमाल प्रेस १४ मंसिर २०८२ ५:५३ | Sunday, November 30, 2025
12
SHARES
एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम

काठमाडौँ- शानदार जितका साथ सुदूरपश्चिम रोयल्स काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ। अपराजित रहेको सुदूरपश्चिम लगातार पाँचौँ जित निकालेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।

शनिबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्समाथि ६ विकेटको जित दर्ता गर्दै सुदूरपश्चिम दुई खेल बाँकी छँदै प्लेअफमा सुरक्षित भयो। सुदूरपश्चिमको जितमा महत्त्वपूर्ण चार विकेट हात पारेका अविनाश बोहराले च्याम्पियन बन्नेमा ढुक्क रहेको बताए।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले टोलीको माहोल निकै राम्रो रहेको बताउँदै आफ्नो टोली उपाधि जित्ने गरी अगाडि बढिरहेको बताए। बोहराले भने,‘सुदूरपश्चिम उपाधि जित्न तयार छ। टोलीको माहोलदेखि लिएर सबै कुरा मिलेको छ।’

उनले विदेशी खेलाडीभन्दा नेपाली खेलाडीको प्रदर्शन राम्रो हुनुपर्नेमा जोड दिँदै आफ्नो टोली विदेशी खेलाडीमा निर्भर नरहेको बताए।

यसैबीच लगातार चौथो हार ब्यहोरेको जनकपुरको प्लेअफमा पुग्ने सम्भावना न्यून छ। उक्त टोलीलाई बाँकी रहेका तीन खेल जित्नुपर्ने वा अन्य टोलीको नतिजामा भर पर्नुपर्ने बाध्यता छ।

जनकपुरका ब्याटिङ प्रशिक्षक अनिल मण्डलले ब्याटिङ नचल्दा हार ब्यहोर्नु परेको बताए। उनले भने,‘हाम्रा खेलाडीले ब्याटिङमा राम्रो गर्न सकेका छैनन्।’ उनले आफूहरू अझै प्रतियोगिताबाट ‘आउट’ नभएको बताउँदै बाँकी खेलमा जित निकाल्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १४ मंसिर २०८२ ५:५३ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast