एनपीएल : कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

हिमाल प्रेस १२ मंसिर २०८२ १७:४४ | Friday, November 28, 2025
10
SHARES
एनपीएल : कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपी) मा आज (शुक्रबार) जारी खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १६० रन बनाएको हो।

कर्णालीका लागि प्रियांक पञ्चालले ६३, विलियम बोसिस्टोले नटआउट ४८, गुल्सन झाले २० रन बनाएका थिए।

विराटनगरका लागि सन्दीप लामिछाने र मर्चन्ट डी लाङ्गेले समान १/१ विकेट लिए।

यसअघि कर्णालीले १ खेलमा जित र २ खेलमा पराजय बेहोरेको छ। विराटनगरले ३ खेलमा जित र १ खेलमा पराजय बेहोरेको छ।

प्रकाशित: १२ मंसिर २०८२ १७:४४ | Friday, November 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast