रवी बोपरा बने एनपीएलमा लगाचबर तीन अर्धशतक हान्ने पहिलो खेलाडी

हिमाल प्रेस १० मंसिर २०८२ १८:३३ | Wednesday, November 26, 2025
10
SHARES
रवी बोपरा बने एनपीएलमा लगाचबर तीन अर्धशतक हान्ने पहिलो खेलाडी

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रवी बोपराले लगातार तीन अर्धशतक जोडेका छन्।

बोपराले तेस्रो अर्धशतक विराटनगर किंग्सविरूद्ध पूरा गरेका हुन्। उनले २९ बलमा ३ छक्का र दुई चौकाको मद्दतमा ५० रन पार गरे। ३८ बल खेलेका बोपरा चार छक्का र तीन चौकाको मद्दतमा ६५ रन जोडेर आउट भए।

यसअघि उनले कर्णाली याक्स र लुम्बिनी लायन्सका विरूद्ध पनि अर्धशतक जोडेका थिए। योसँगै बोपरा जारी एनपीएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडीसमेत बनेका हुन्।

त्यसैगरी पोखरा एभेञ्जर्सका कुशल भुर्तेलले दुई अर्धशतक जोडेका छन्। भुर्तेल, बोपरासँगै सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, सुदूरपश्चिमकै हरमित सिंह, विराटनगर किंग्सका ब्याटरद्वय लोकेश बम र मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पञ्चाल र जनकपुर बोल्ट्सका आशिफ शेख पनि अर्धशतक जोड्नेको सूचीमा छन्।

कर्णालीका मार्क वाटमात्रै जारी प्रतियोगितामा हालसम्म शतक हिर्काउने खेलाडी हुन्।

प्रकाशित: १० मंसिर २०८२ १८:३३ | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast