काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा चितवन राइनोजेले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा जारी खेलमा चितवनले निर्धारित पूरै ओभर खेल्दै ५ विकेटको क्षतिमा १७४ रन बनाएको हो।
चितवनका लागि रवि बोपाराले ६५, सैफ जैबले ३२, देव खनालले २८, कुशल मल्ल (कप्तान) ले नटआउट २० र डेविड मलनले १७ रन बनाएका थिए।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डी लाङ्गेले समान दुई/दुई विकेट लिएका थिए।
विराटनगरले टस जितेर पहिले बलिङ रोजेको थियो।
प्रकाशित: १० मंसिर २०८२ १७:४४
प्रतिक्रिया


