काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सले पराजित गरेको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन ४ विकेटले विजयी भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १६६ रन बनाएको थियो। १६७ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले निर्धारित ओभरमा ५ बल बाँकी छँदै लक्ष्य भेटाएको हो। चितवनका लागि रवि बोपाराले नटआउट ५१, दीपक बोहराले ४४, सैफ अली जैब ३८, कुशल मल्लले २० रन बनाएका थिए।
कर्णालीका सोमपाल कामीले २, युवराज खत्री र युनिश सिंह ठकुरीले १/१ विकेट लिए। त्यस्तै कर्णालीका लागि प्रियांक पन्चालले ९०, पवन सर्राफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाएका थिए।
चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक/एक विकेट लिए।
प्रकाशित: २ मंसिर २०८२ १५:२२
प्रतिक्रिया


