काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरेको छ।
क्यानका सचिव पारश खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका हुन्।
एनपीएलका टिकट खल्ती मार्फत बिक्री भइरहेको छ। क्यानले आठ हजार मात्रै टिकट बिक्री गर्न दिएको छ। करीब दुई हजार जति टिकट खेलाडीका परिवारजन, आयोजक र प्रायोजकका लागि राखेको छ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदै छ। उद्घाटन खेल जनकपुर बोल्टस् र काठमान्डू गोर्खाजबीच सोमबार अपराह्न ४ बजे हुनेछ।
प्रकाशित: ३० कार्तिक २०८२ ८:४९ | Sunday, November 16, 2025
प्रतिक्रिया




